


काठमाडौं -संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठकमा बँदेल र बाँदर नियन्त्रणसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव पेश हुँदैछ।

ग्रामीण भेगहरूमा बँदेर र बाँदरका कारण वस्ती नै विस्थापित हुने अवस्था आएको भन्दै नियन्त्रणका लागि सोमबार दिउँसो १ बजे बस्ने संसद बैठकमा प्रस्ताव पेश हुन लागेको हो।
‘नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुँगुर (बँदेल) को आतंकबाट खेतीबाली नष्ट भई किसानहरुको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दिर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्ने,’ प्रतिनिधि सभाको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ।
यस प्रस्ताव सांसद राजेन्द्र बजगाईंले पेश गर्न लागेका हुन्। यस प्रस्तावमा सांसद उदयशमशेर राणा र सञ्जयकुमार गौतमले समर्थन गरेका छन्।




