


बैतडी -बैतडीमा गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका-८का अन्दाजी ४५ वर्षका कर्ण बिष्टले गोली प्रहार गरि गम्भीर घाइते बनाएका अन्दाजी २५ वर्षका सुरेन्द्र बिष्टको मृत्यु भएको हो ।

लेनदेनको विषयमा विवाद हुदा कर्णले शनिबार राती करिब साढे ९ बजेको समयमा गाउँकै भाइ नाता पर्ने सुरेन्द्रलाई गोली प्रहार गरेका थिए।
गोली प्रहार गर्ने कर्ण फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पेटमा गोली लागेर गम्भीर घाइते भएका बिष्टको उपचारको लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् ।
अहिले उनको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।




