गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

समुद्रमा नेपाली झन्डासहित पानीजहाज चलाउने बाटो खुल्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । नेपालले विभिन्न सामुद्रिक मार्गमा आफ्नै राष्ट्रिय झन्डा सहितको पानीजहाज चलाउन सक्ने गरी विधेयक अघि सारेको छ । सरकारले केही दिनअघि मात्रै राष्ट्रिय सभामा विधेयक पेस गरेर अहिले राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको छ । नेपालमा लामो समय सामुद्रिक मार्गमा नेपाली झन्डासहित पानीजहाज चलाउने विषयमा चर्चामा थियो । तर चर्चा भएको वर्षौँपछि सरकारले कानुन बनाएर नै अघि बढ्ने योजनासहित विधेयक संसद्मा दर्ता गराएर छलफल अघि बढाएको छ ।

विगतमा सरकारले सामुद्रिक मार्गमा नेपाली झन्डासहितको पानी जहाज सञ्चालन मजाकको विषय बन्दै आएको थियो । तर अब सरकारले कानुनी रूपमा आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सामुद्रिक मार्गमा नेपाली झन्डासहित पानीजहाज सञ्चालनको बाटो खुल्ने छ ।

खालि ठाँउ २

नेपालसँग अहिलेसम्म एउटा पनि पानीजहाज छैन र कुनै पनि समुद्री मार्गमा पानीजहाज चलाएको अवस्था पनि छैन । तर ५० वर्षअघि पानीजहाज सञ्चालन गर्ने सरकारी निकाय थियो र त्यसले नेपालको आफ्नै झन्डा सहितको पानीजहाज चलाएको इतिहास छ ।

त्यस्तै नेपाल सरकारले विगतको इतिहासका आधारमा २०७५ सालमा पुनः पानीजहाज सञ्चालन कम्पनी स्थापना गरेको थियो । तर ११ वर्षदेखि पानीजहाज कार्यालय खडा मात्र छ, सञ्चालन गर्ने कार्य भने गरिएको छैन ।

सरकारले अघि सारेको विधेयक संसद्का दुवै सदनबाट पारित भएर कानुन बनेमा सरकारी र निजी दुवै क्षेत्रबाट नेपालले सामुद्रिक मार्गमा पानीजहाज सञ्चालन गर्ने बाटो खुल्ने छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page