Vutlaxapu
Laxmibhuwan sun chadi

अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव २०२५” को लागी काठमाडौंमा अन्तरक्रिया सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -कञ्चनपुर उद्योग वाणिज्य संघ कंचनपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । चैत्र ५ गतेदेखी ११ गते सम्म आयोजना हुने भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा आयोजना हुने “अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव २०२५“ मा सहभागी हुने सम्पुर्ण उद्योगी ब्यवसायीहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

 

उक्त अन्तरक्रिया कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारीणी समिति सदस्य तथा सचिवालय समिति सदस्य नरेन्द्र प्रसाद जोशीको सभापतित्व तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उधम केन्द्रका सभापति डि.बि बस्नेतको प्रमुख आतिथ्यता ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नानी राम घिमिरे, कृषि उधम केन्द्र बोर्डका सदस्य खोजराज कटुवाल, कृषि उधम केन्द्रबोर्डका सदस्य मनोज कुमार चापागाईंको सहभागिता रहेको थियो ।

यसैगरी टिइपिसिका वरिष्ठ अधिकृत मीन बहादुर कुवर, कृषि उधम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशी, नेपाल उद्योग वाणिज्य महासंघका परामर्शदाता विष्णु राज ढकालको बिशिस्ट आतिथ्यता र सम्पुर्ण उद्योगी ब्यवसायीहरुको सहभागीता रहेको थियो ।

 

जय भगवति मेलौली सुनचाँदी

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ का केन्द्रिय सदस्य तथा कृषि उधम केन्द्रका सभापति डि.बि बस्नेतले आफनो भनाई राख्दै भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा हुने “अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव २०२५“को आयोजना गरेको प्रती कञ्चनपुर उद्योग वाणिज्य संघलाई धन्यवाद व्यक्त गरे।उहाँले नेपालको उत्पादनलाई मित्र राष्ट्र भारतको देहरादुनमा प्रदर्शन गर्ने अवसर र विक्रीको लागी पनि सहज वातावरण हुने बताउनु भयो । साथै दिर्घकालिन रुपमा नेपालका उत्पादनहरु भारत संग निर्यातका लागी सहज तवरले ढोका खोलेको जानकारी दिनु भयो । नेपाली व्यापारीहरुको बजारीकरणको समस्याहरु समाधान हुने र उत्पादन भएका वस्तु खेर नजाने पनि बताए।

 

यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारीणी समिति सदस्य तथा सचिवालय समिति सदस्य नरेन्द्र प्रसाद जोशीले विजनेश टु विजनेश (बि टु बी) र बिजनेश टु कस्टमर (बिटुसी) लाई प्राथमिकतामा राखी भारतको उत्तराखण्डको राजधानी देहरादुनमा आयोजना हुने अन्तराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव २०२५ कञ्चनपुर उद्योग वाणिज्य संघले तेस्रो पटक आयोजना गर्न लागेको जानकारी गराए।

 

यो मेलाले दुई देश विचको व्यापारिक सम्बन्ध सुधार लगायत निर्यातमा वृद्धी र भारतमा बसोबास गर्दै आएका नेपाली नागरिकहरुलाई नेपाली परिकारहरुको मागको आधारमा आपुर्ती गर्न सक्ने सुनौलो अवसरको रुपमा लिन सकिने बताए।

नेपालमा उत्पादन हुने विभिन्न चिजवस्तुहरुको विषयमा भारतीय व्यापारीहरुले थाहा पाउने र दुई देश विचको व्यापारीक सम्बन्ध अझ मजबुत हुने विश्वास लिएको उहाँले बताउनु भयो । उक्त कार्यक्रममा ६० जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page