


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका -८ कालागाउँमा गाउँकै भाइ नाता पर्ने २२ वर्षीय सुरेन्द्र बिष्टलाई गोली हानी हत्या गरि फरार रहेका कर्ण बिष्टको खोजिमा दार्चुलामा पनि प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार अभियुक्त बिष्टको दार्चुलामा पनि खोजी तिब्र पारिएको बताए। अभियुक्त बिष्टको दार्चुलाको दत्तु टावरसंग कनेक्सन देखाएकोले दार्चुला तिर पनि भागेको हुन सक्ने आशंकामा दार्चुलामा पनि खोजी तिब्र पारिएको बताए।
अभियुक्त बिष्ट संग ४ वटा सिमकार्ड रहेको र पटकपटक सिमकार्ड बदलिरहेकोले पनि अनुसन्धानमा समस्या भइरहेको प्रहरीले बताएको छ।
भरुवा बन्दुकसहित फरार रहेका बिष्ट ५ दिनसम्म पनि फेला पर्न सकेका छैनन् । हालसम्म पनि फेला पार्न नसकेको र गाउँमा त्रास कायमै रहेको स्थानीयहरुले बताइरहेका छन् ।




