


बैतडी -बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत स्ववियुको नेतृत्वका लागि नविन कपाडीको नेतृत्वमा अनेरास्ववियु र नेविसंघले चुनावी तालमेल गरेका छन। अनेरास्ववियु क्रान्तिकारी भने एक्लै चुनावी मैदानमा उत्रिएको छ। सचिवमा अनेरास्ववियुका नारायणप्रसाद अवस्थी र अनेरास्ववियु क्रान्तिकारीका तुलसी जोशीको उम्मेदवारी दर्ता भइसकेको निर्वाचन संयोजक नरेन्द्रप्रसाद पन्तले बताए ।

यस्तै कोषाध्यक्ष पदका लागि नेविसंघकी लक्ष्मी भट्ट र अनेरास्ववियु क्रान्तिकारीकी हेमन्ती जोशीको उम्मेदवारी परेको छ।
यस्तै सदस्य पदका लागि अनेरास्ववियुकी रेखा कार्की,जयन्ती बिष्ट र यज्ञराज अवस्थीको उम्मेदवारी दर्ता भएको छ भने नेविसंघकातर्फबाट भागरथी जोशी र मनिषा बिष्टको उम्मेदवारी परेको छ । यस्तै अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट रेखा कार्की,जगदीश कुँवर र मीना कार्कीको उम्मेदवारी परेकोछ ।
यस्तै समानुपातिक सदस्यतर्फ अनेरास्ववियुका करन बहादुर साउँद,उमेश भट्ट,दिपक लुहार,माइकल भण्डारी,सन्तोष कपाडी,वसन्ती कार्की र जानकी भट्टको उम्मेदवारी दर्ता भएको छ । यस्तै नेविसंघकी भावना भट्ट,कुमारी गीता जोशी,उमेशबहादुर साउँद,मानमती साउँद, सरीता बिष्ट, सुशीला भण्डारी र कविता कार्कीको उम्मेदवारी दर्ता भएको छ ।




