Vutlaxapu
Laxmibhuwan sun chadi

सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ: शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको छ।

 

छलफल पश्चात् समितिबाट विधेयककोे दफा २१ देखि दफा २६ सम्म पास भएको छ। समिति सभापति अम्मरबहादुर थापाले परिच्छेद–९ का छ दफा पास भएको बताए। दफा २१ मा प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने र कुलपति विश्वविद्यालयको प्रमुख हुने तथा दीक्षान्त समारोहको अध्यक्षता गर्ने, विश्वविद्यालयको निरीक्षण गर्ने वा आवश्यकताअनुसार निर्देशन दिन सक्ने भन्ने व्यवस्था रहेको छ।

यसैगरी दफा २२ मा सहकुलपति शिक्षामन्त्री हुने र सहकुलपतिले विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र आवश्यकताअनुसार निर्देशन दिन सक्ने भनिएको छ। दफा २३ मा उपकुलपति नियुक्ति र २४ मा उपकुलपति नियुक्त हुन नियमको व्यवस्था गरिएको छ।

जय भगवति मेलौली सुनचाँदी

यसैगरी दफा २५ मा सभाले उपकुलपतिको नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने र २६ मा उपकुलपतिको काम, कर्तव्य र अधिकारको व्यवस्था रहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रधानमन्त्री कुलपति रहने व्यवस्थाप्रति सबैको एकमत रहेकाले यही धारणालाई अवलम्बन गरेर जान सकिने बताए।

उनले, ‘उपकुलपति प्रतिस्पर्धी बनाउँ भन्ने विषयमा विज्ञ नै छनोट गर्ने भन्ने छ। मेरिटबाट छनोट गर्नुपर्छ भन्ने अभ्यास सुरु गरिसकेछौँ, त्यसलाई अझै बढी स्वस्थ र स्वच्छ कसरी बनाउने भन्नेमा विधि निर्माण गरेर जाऔँ। लोकसेवाबाट भिसी, रजिष्ट्रार, डिन लिने भन्नेमा अन्तरराष्ट्रिय अभ्यासले पनि त्यति सान्दर्भिकता देखाउँदैन।’मन्त्री भट्टराईले विश्वविद्यालयले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग सहकार्य र समन्वय गर्नुपर्ने गरी व्यवस्था गर्न खोजीरहेको बताए।

कैलालीको गेटामा शिक्षा मन्त्रालयले सात अर्बका भौतिक संरचनाहरू निर्माण गरेको छ। स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन गरेको छ। तर, विश्व विद्यालय चाँडो सञ्चालनको माग गरिदैछ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page