Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा २१० मेगावाटको जलविद्युत् आयोजना वनले रोक्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बझाङ:बझाङको तलकोट गाउँपालिका–२ र ५ को क्षेत्रमा २०७९ मङ्सिरबाट २१० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको काम सुरु भयो।जलविद्युत् आयोजना स्थलसम्म जाने सडक निर्माण क्षेत्रमा रहेका रुख कटानीको आदेश थिएन। विद्युत् उत्पादनको अनुमति लिएको चैनपुर सेती जलविद्युत् कम्पनीसँग जग्गाको भोगाधिकार पनि थिएन। डिभिजन वन कार्यालय, बझाङले रुख कटानीको अनुमति र जग्गा भोगाधिकारको प्रक्रिया सुरु गर्न र भौतिक निर्माणको काम पनि सुरु गर्न भनेको थियो।

तर, डिभिजन वन कार्यालय, बझाङमा प्रमुख फेरिएसँग काम रोकिएको छ। बझाङको तलकोट गाउँपालिकाका अध्यक्ष कलकबहादुर रोकायाले वनले सुदूरपश्चिमकै ठुलो जलविद्युत् आयोजना निर्माणको काम रोकेको बताए। उनले भने, ‘२१० मेगावाटको जलविद्युत्को काम रोकिएको छ। सुदूरपश्चिमको सबै भन्दा ठुलो जलविद्युत् होला। के प्रक्रियाबाट हो सञ्चालन गर्नुपर्यो। वनका हाकिमलाई पनि भनेको छु। कानुनी प्रक्रिया कसरी फुकाउने हो ?’ सुदूरपश्चिम प्रदेशमा निर्माण सुरु भएको सबै भन्दा ठुलो जलविद्युत् आयोजनाको काम रोकिएको भन्दै जनप्रतिनिधिहरूले आक्रोश व्यक्त गरेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

वनका कारण ४७ अर्ब ४४ करोडको जलविद्युत् आयोजना निर्माणको काम एक वर्षदेखि रोकिएको छ। गत असारदेखि जलविद्युत् आयोजना स्थलमा भौतिक संरचना निर्माणको काम रोकिएको हो। आयोजना स्थलसम्मको पहुँच मार्गमा रहेका चार हजार २ सय रुख कटानी र जग्गाको भोगाधिकार नभएको भन्दै काम रोकिएको चैनपुर सेती जलविद्युत् कम्पनीका निर्देशक अनिल श्रेष्ठले बताए। उनले भने, ‘ठुलो काम त होइन। तर, रोड सानो बनाएका थियौ। पहिलाका डिओफो सापबाट सहमति लिएर सानो सडक बनाएका थियौ। तर, अहिलेका डिओफो सापले गैरकानुनी भन्नु भयो। काम रोकिएको छ।’

 

जलविद्युत् निर्माण कम्पनीले सामुदायिक वन, वडा कार्यालय हुँदै फाइल डिभिजन वन कार्यालयमा पुगाएको छ। डिभिजन वन कार्यालयका कर्मचारीहरूले स्थलगत निरीक्षण गर्दै रुखहरूको लगत पनि लिएका छन्। तर, प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालयले सङ्घीय सरकारमा फाइल पठाएको छैन। पाँच वर्षमा आयोजना निर्माणको काम पूरा गर्ने लक्ष्य रहेको छ तर, वनका कारण एक वर्षदेखि काम अलपत्र भएको छ। रुख नभएको क्षेत्रमा टनेलहरू निर्माणको काम जारी हरेको छ। तर, वनले अधिकार नदिएकाले काम सन्तोषजनक छैन। उनले भने, ‘उहाँहरूले पठाउछौ भन्नु भएको छ। छिटै हुन्छ होला, उहाँहरूले फाइल पठाएपछि मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ।’

बझाङको तलकोट क्षेत्रमा शून्य दशमलव ९ हेक्टर क्षेत्रफलमा जलाशय निर्माण गरेर २१० मेगावाटको विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ। विद्युत् खरिद–बिक्री र विद्युत् लाइन विस्तार लगायका प्रक्रियाहरू भने जारी रहेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page