Chandramani sun chadi
Laxmibhuwan sun chadi

सुनको मूल्य एक वर्षमा तोलामा ४७ हजार रुपैयाँ बढ्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

बैतडी:एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको छ । २०८० चैत ३० देखि २०८१ चैत ३१ गतेसम्मको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार २०८० चैत ३० गते छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । तर, सो मूल्य २०८१ चैत ३१सम्म आइपुग्दा तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको सरोकारवाला बताउँछन् ।

सम्पुर्णता सुनचाँदी गहना पसल

उसो त सुनको भन्सार दर नघटाइएको भए यतिबेला सुनको मूल्य थप बढी हुने थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो ।

चालु आर्थिक वर्षको बजेट घोषणा हुँदा भन्सार दर २० प्रतिशत कायम गरिएको थियो । भन्सार दर महँगो भएको भनेर व्यवसायीहरुले सरकारमाथि दबाब बढाएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा गत मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय मंसिर १० देखि कार्यान्वयनमा गएको थियो ।

चैत ३१ गतेको भाउ हालसम्मकै रेकर्ड उच्च मूल्य हो । उसो त सरोकारवाला अझै सुनको मू्ल्य बढ्ने बताउँछन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page