Vutlaxapu
Laxmibhuwan sun chadi

शौचालय गएको समयमा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार प्रयास भएको छ।

बिहीबार राति अध्यक्ष चौधरीलाई लक्ष्य गरी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।

शौचालय गएर फर्किने क्रममा सानो हतियारबाट गोली प्रहार भएको डिएसपी अधिकारीले बताए।

जय भगवति मेलौली सुनचाँदी

शौचालय घरबाहिर रहेछ। फर्कँदा सानो हतियारबाट गोली प्रहार भएको रहेछ। घटनास्थलबाट एक थान सानो हतियार (पेस्तोल) मा प्रयोग हुने गोलीको खोका बरामद पनि भएको छ,’ उनले भने।यद्यपि अध्यक्ष चौधरीलाई गोली नलागेकाले उनी सुरक्षित रहेको डिएसपी अधिकारीले बताए।

त्यो समय बिजुली गएको रहेछ,’ डिएसपी अधिकारीले भने ‘ मोबाइलको उज्यालो बालेर फर्किँदै गर्दा गोली प्रहार भएपनि उहाँ भने सकुशल हुनुहुन्छ।’

 

अध्यक्ष चौधरीले घरको पर्खाल बाहिरबाट आफूमाथि गोली प्रहार भएको प्रहरीलाई बताएका छन् । उनले घटनाबारे तत्काल प्रहरीलाई खबर गरेका थिए । स्थानीय प्रहरी युनिटबाट केही बेरमै प्रहरी त्यहाँ पुगेको थियो

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page