Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढी एयरपोर्ट काण्ड: पूर्वमन्त्री आले समूहमाथि छानबिन सुरू

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -धनगढी विमानस्थलको नाममा करोडौं रुपैयाँको अपचलन र अनियमितता भएको आरोपमा मुछिएका पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समूहविरुद्ध सार्वजनिक लेखा समितिले औपचारिक रूपमा छानबिन प्रक्रिया सुरु गरेको छ। समितिले सोमबार पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सात दिनभित्र सबै विवरणसहित प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।

 

गत वैशाख ४ गते आलेविरुद्ध सार्वजनिक लेखा समितिमा उजुरी दर्ता भएपछि यो प्रकरण संसदसम्म पुगेको हो। उजुरीमा धनगढी विमानस्थलको विस्तारका लागि विनियोजित बजेटमा व्यापक भ्रष्टाचार र पदको दुरुपयोग गर्दै निजी कम्पनीमार्फत जग्गा खरिदमा अनियमितता गरिएको उल्लेख छ।

 

उक्त उजुरीमा उल्लेख भएअनुसार, मन्त्री रहेका बेला आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको खाताबाट १ अर्ब रुपैयाँ मेघा बैंकमा राखी सो बैंकसँग मिलेमतोमा सोही रकम धितो राखेर ऋण निकालेका थिए। त्यसपछि, अशोक जोशी र हेमन्त रेग्मीको नाममा खडा गरिएको कम्पनीमार्फत ७५ करोड रुपैयाँ बराबरको ३० बिघा जग्गा धनगढी विमानस्थल क्षेत्रमै खरिद गरिएको दाबी गरिएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

योजनाअनुसार प्रतिकट्ठा साढे १२ लाखमा किनिएको जग्गा विमानस्थल बनेपछि ५० लाखमा बेच्ने उद्देश्यले खरिद गरिएको र त्यसमा आलेका निकट सहयोगीहरू स्वकीय सचिव हेमन्त रेग्मी, इन्जिनियर अशोक जोशी, ठेकेदार पवन गुप्ता तथा तेन्जिङ शेर्पा पनि संलग्न रहेको उजुरीमा उल्लेख छ।

 

उक्त प्रकरणमा पूर्वमन्त्री आलेले मन्त्रालय र प्राधिकरणका प्राविधिक कर्मचारीलाई समेत दबाब दिएर बजेट विनियोजन गराएको र स्रोत सुनिश्चित नगरी २०७८ पुस ११ मा प्राधिकरण सञ्चालक समितिबाट १ अर्ब रुपैयाँको निर्णय पारित गराएको खुलाइएको छ।

 

योजना अनुसार धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने नाममा २५८ बिघा जमिन अधिग्रहण गर्ने र धावनमार्गलाई १८ सय मिटरबाट २५ सय मिटर पुर्‍याउने प्रस्ताव गरिएको थियो। तर, बजेट र स्रोत व्यवस्थापन नहुँदा योजना अलपत्र परेको छ।

 

आले समूहले १ अर्ब ऋणमध्ये २५ करोड रकम व्यक्तिगत रूपमा कुम्ल्याएको शंका पनि उजुरीमा गरिएको छ। यसबीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्वतन्त्र रूपमा छानबिन अघि बढाइसकेको छ। अब लेखा समितिको पहलसँगै यो प्रकरण थप गम्भीर मोडमा पुगेको छ।

 

समितिले सम्बन्धित मन्त्रालयहरूबाट ७ दिनभित्र सबै कागजात, गुरुयोजना, बजेट खर्च विवरण र जग्गा खरिदसम्बन्धी कागजात पेश गर्न माग गर्दै स्पष्ट रूपमा छानबिन अघि बढाउने संकेत दिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page