


बैतडी -बैतडीको पुर्चौडी नगरपालिकामा साबुन तथा सोडा उत्पादन सम्बन्धी १५ दिने तालिम सम्पन्न भएको छ।

पुर्चौडी नगरपालिकाको आर्थिक सहयोगमा पुर्चौडी नगरपालिकामा १५ दिने तालिम सम्पन्न गरिएको पुर्चौडीबाट बैतडीबुलेटिन सम्वाददाता हरि साँउदले बताए। तालिममा पुर्चौडी नगरपालिका वडा नं न १ हाटभित्रका महिला पुरुष गरि २० जनाको सहभागिता रहेको थियो।
साबुन र सोडा उत्पादनको लागि आवश्यक पर्ने सामाग्री नगरपालिकाले उपलब्ध गराउने र उत्पादनमा जोड दिन नगरप्रमुख दिपक बहादुर बमले बताए।
तालिमको समापन कार्यक्रममा पुर्चौडी नगरपालिका वडा नं -१ का वडा अध्यक्ष गणेश गडाल उपप्रमुख मिना धानुक लगायतको उपस्थिति रहेको थियो।




