Chandramani sun chadi
Laxmibhuwan sun chadi

विश्व केम्पो च्याम्पियनसिप: सात अन्तर्राष्ट्रिय पदकसहित नेपालको कीर्तिमान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

काठमाडौं ।२१औँ विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले अन्तरराष्ट्रिय पदक हात पार्दै नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् ।

पोर्चुगलको काल्दास दा रेन्हामा सम्पन्न विश्व च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीले दुई रजत र पाँच कास्य पदकसहित नेपाललाई सात अन्तर्राष्ट्रिय पदक दिलाएका हुन् । च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी केम्पो खेलाडी विपेश थापाले एक रजत र तीन कास्य पदकसहित चार पदक जित्न सफल भए । थापाले सेमी केम्पो फाइटिङ ७० केजी समूह, सेमी केम्पो सिनियर ५० केजी समूह, केम्पो–को ६० केजी तौल समूह, सबमिसन केम्पो ६० केजी तौल समूह अन्तर्गतको छुट्टाछुट्टै प्रतिस्पर्धामा विदेशी प्रतिस्पर्धीलाई पराजित गर्दै चार वटा पदक जितेका हुन् ।

 

पाँच डान श्रेणीका खेलाडी तथा प्रशिक्षक थापाले नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन् । त्यसैगरी अर्का केम्पो खेलाडी अञ्जना शाहीले पनि एक रजत र दुई कास्य पदकसहित तीन पदक जित्न सफल भइन् । शाहीले सेमी केम्पो ५५ केजी समूह, फुल केम्पो सिनियर ६० केजी समूह, सेमी केम्पो सिनीयर ५० केजी समूहअन्तर्गत प्रतिस्पर्धामा विदेशी प्रतिस्पर्धीलाई पराजित गर्दै तीन वटा पदक जितेकी हुन् । शाहीले पनि नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन् । थापा र शाही दुवै नेपाल केम्पो खुकुरी महासङ्घमा आबद्ध पाँचौँ डान श्रेणीका खेलाडी हुन् ।

 

विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उक्त पदक जित्न सफल भएको नेपाल केम्पो खुकुरी महासङ्घका अध्यक्ष पाभेल शाहले जानकारी दिए । नेपाली केम्पो खेलको इतिहासमै यो अन्तरराष्ट्रिय पदक पहिलो भएको अध्यक्ष शाहले बताए । “हाम्रा खेलाडीले विदेशी खेलाडीसँगको प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक जित्न सफल भए । विश्वमाझ नेपालको नाम चम्काउन र नेपाली झण्डा फहराउन सफल भए । यो राष्ट्रकै लागि ठूलो उपलब्धि हो”, शाहले भने ।

सम्पुर्णता सुनचाँदी गहना पसल

अध्यक्ष शाहका अनुसार उक्त प्रतियोगितामा थापा र शाहीसहित अन्य तीन खेलाडी गरी नेपालको तर्फबाट पाँच खेलाडीले च्याम्पियनसिपमा भाग लिएका थिए ।

यसअघि नेपालले सन् २०२४ मा पहिलोपटक विश्व क्याम्पो च्याम्पियनसिपमा भाग लिएको थियो । पहिलोपटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालले पदक भने हात पारेको थिएन । प्रतियोगितामा सहभागी हुन नेपाल केम्पो खुकुरी महासङ्घका अध्यक्ष पाभेल शाह नेतृत्वमा नेपाली टोली पोर्चुगल आइपुगेको थियो ।

२२ अप्रिलदेखि सुरु भएको प्रतियोगितामा विश्वभरका एक सय आठ देशका खेलाडीको सहभागिता थियो । नेपाल सातौँ स्थानमा आएको छ ।

२१औँ विश्व केम्पो च्याम्पियनसिपमा जित हासिल गरेसँगै विपेश थापा केम्पो च्याम्पियनसिपको अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । पाँचखाल–१०, काभ्रेपलाञ्चोकका थापा खेलाडी तथा प्रशिक्षक हुन् ।

 

त्यसैगरी सोही च्याम्पियनसिपमा जित हासिल गरेसँगै केम्पो खेलाडी अञ्जना शाही केम्पो च्याम्पियनसिपको अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । मण्डनदेउपुर–८, काभ्रेपलाञ्चोककी शाही पाँच खेलाडी तथा राष्ट्रिय प्रशिक्षकसमेत हुन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page