


बैतडी : २०७९ को स्थानीय तह निर्वाचनमा जिल्ला समन्वय समिति सदस्य बनेका प्रेम सिंह भाटले एमाले प्रवेश गरेका छन् । शनिबार बैतडीको पाटनमा आयोजित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बैतडीको १० औं जिल्ला अधिवेशनको अवसरमा उनी एमालेमा प्रवेश गरेका हुन् ।


२०७९ को स्थानीय तह निर्वाचनमा पाटन नगरपालिका वडा नं. ९ बाट वडा सदस्य निर्वाचित भई जिल्ला समन्वय समिती सदस्य बनेका प्रेम सिंह भाट एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज लिलाधर भट्ट लगायत नेता कार्यकर्ताहरुले खादामाला सहित स्वागत गरेका थिए ।




