गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

पञ्चेश्वरमा दुइ दिने निःशुल्क आँखा शिविर सुरु, बिहिबार मात्रै ८० जनाले गरे आँखाकाे शल्यक्रिया

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीबार दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सुरु भएको छ। गाउँपालिको कुलाउ स्वास्थ्य चौकी पञ्चेश्वर–०३ मा शिविरमा सञ्चालन भएको हो ।

 

च्यारिटि हेल्थ फाउण्डेशन नेपालको आर्थीक सहयोग र धनगढी नेत्रालय तथा श्रीकृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । आर्थिक अवस्था कमजोर भएका तथा धनगढी, काठमाण्डौ गएर उपचार गर्ने नसक्नेका लागि कुलाउमा आँखा जाँच गरेर शल्यक्रिया गर्ने गरी शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

बुधबार छनोट शिविर गरेर वडा न ५ र ६ का नागरिकको मोतिविन्दुको शल्यक्रिया गर्नका लागि छनोट भएकाहरु समेत कुलाउमा शल्यक्रिया भएको गाउँपालिका स्वास्थ शाखामा कार्यरत पोषण सम्पर्क व्यक्ती नारायण राम सार्कीले बताए ।

 

खालि ठाँउ २

उनको अनुसार आज ८० जनाको आखाको शल्यक्रिया गरिएको छ । कुलाउमै धनगढीमा पाउने सेवा दिएर पुनः संसार देख्ने अवसर दिएकाे भन्दै गाउँपालिका र धनगढी नेत्रालयलाइ सेवा ग्राहीले धन्यावाद दिएका छन्र ।

 

शिविर भोली शुक्रबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । धनगढी नेत्रालयकाे सहयाेगमा गाउँपालिकाले कुलाउमा आँखा उपचार केन्द्र स्थापन गर्ने समेत तयारी भइरहेकाे अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए ।

 

गाउँपालिकाले शिवर स्थलसम्म आउन नसक्ने अशक्तहरुका लागि गाडीको समेत व्यवस्था गरेर उपचार गराइरहेको उनले बताए ।

शिविरको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष चन्दको अध्यक्षता, धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दको प्रमुख अतिथी तथा गाउँपालिका उपाध्यक्ष बिना भट्ट विशिष्ट अतिथी रहेका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page