Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला: दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्।महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। गत आर्थिक वर्ष २०८०÷८१ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा लेखापाल भट्टले २ लाख राजस्व दाखिला नगरेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुहुँ गाउँपालिकाका लेखापाल भट्टलाई बुधबार सदरमुकाम खलङ्गाबाट पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी छत्र रावतले जानकारी दिए।

लेखापाल भट्टले आर्थिक वर्ष २०८०/८१ को समपरीक्षणका लागि २०८१ मङ्सिरमा लेखा व्यवस्थापन प्रणालीबाट राजस्व दाखिला भौचर बनाएर अपलोड गरी पैसा नबुझाएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। राजस्व रकम दाखिला नभएको बारे कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले दुहुँ गाउँपालिकालाई पत्रचार गरेपछि लेखापाल भट्टले पाँच महिनापछि गत चैत १९ गते मात्रै उक्त रकम दाखिला गरेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page