गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

गृहमन्त्रीको राजीनामा माग गर्नु पूर्वाग्रहपूर्ण, निराधार र अनुचित : प्रधानमन्त्री ओली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने बताएका छन् ।गृहमन्त्रीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको अवस्था‍मा प्रधानमन्त्रीले भने विपक्षीहरूले पूर्वाग्रहपूर्ण, निराधार र अनुचित भएको बताए ।

 

खालि ठाँउ २

१३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको बताए । गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो ।

गृहमन्त्रीमाथि कुनै आरोप केही पनि छैन । यो कुनै मुद्दा मामिला पनि भएको छैन । यो कुनै इस्यु होइन । गृहमन्त्रीको राजीनामा माग गर्नु नित्तान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो । त्यसकारण यस अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन । गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन, त्यसकारण गर्नुहुन्न,’ प्रधानमन्त्रीले भने ।प्रतिपक्षी दलहरूले आफ्नो अस्तित्व देखाउनका लागि गृहमन्त्रीमाथि अनुचित आरोप लगाएको प्रधानमन्त्रीको भनाइ थियो । एउटा कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोध्दैमा गृहमन्त्रीले राजीनामा गर्न आवश्यक नरहेको उनले बताए ।विपक्षी तर्कहीन भएर हैन, साह्रै गम्भीर विषय बनेछ । मानिलिऊ कि ३५ किलो सुन ओसारेछ जस्तै हल्ला ! यो त साह्रै गम्भीर विषय हो ? गृह मातहतको कर्मचरीलाई अख्तियारले बोलाएर सोध्यो, यो त गृहमन्त्रीले राजीनामा दिनैपर्‍यो नि ! अख्तियारले किन सोध्यो ? के सोध्यो ? थाहा छैन,’ उनले भने । कर्मचारी आफ्नो कामप्रति स्वयं जिम्मेवार हुनुपर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page