Vutlaxapu
Laxmibhuwan sun chadi

मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएपछि भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ।सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

 

जय भगवति मेलौली सुनचाँदी

‘तपाईंहरू नियमावली स्थगित गर्नुस्, हामी आन्दोलन स्थगित गर्छौँ भनेका थियौँ, वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न भने सकिएन।’ उनको भनाइअनुसार भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायातका साधन चल्ने छैनन्

मुख्यतः गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका यातायात व्यवसायी सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । आज भएको वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफूहरू पनि तत्काल आन्दोलन स्थगित गर्न तयार रहेको बताएका थिए । आफूहरूको माग तत्कालका लागि नियमावली स्थगित गर्नुपर्छ र सङ्घीय ऐन बनेपछि त्यसअनुसार हुनुपर्छ भन्ने रहेको अध्यक्ष स्वाँरको भनाइ थियो । तर वार्ताबाट कुनै निष्कर्ष ननिस्किएकाले भोलि बिहान पुनः बैठक बस्ने उनले बतए । यता सरकार पक्षबाट यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले पनि आजको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । तर, निर्णयमा पुग्न नसकिएकाले भोलि फेरि बस्ने गरी छलफल स्थगित भएको उनले जानकारी दिए ।

यता सरकार पक्षबाट यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले पनि आजको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । तर, निर्णयमा पुग्न नसकिएकाले भोलि फेरि बस्ने गरी छलफल स्थगित भएको उनले जानकारी दिए ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page