गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौती : गल्ती भए बर्खास्त गर्नुहोस्

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई कुनै गल्ती नगरेकोले पदबाट राजीनामा नदिने जवाफ फर्काएका छन् ।

 

चौधरीलाई मुख्यमन्त्री शाहले तत्कालीन कृषिमन्त्री हुुँदाका बेला अनुदानमा पावर टिलर वितरण गर्ने विषयमा विवादमा जोडिएको भन्दै राजीनामा दिन निर्देशन दिएको कुरा सार्वजनिक भएको थियो । तर, मन्त्री चौधरीले भने आफूले पदीय मर्यादाविपरीत कुनै काम नगरेको भन्दै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

चौधरीले मुख्यमन्त्री शाहलाई अधिकार प्रयोग गरेर आफूलाई बर्खात गर्न चुनौती दिएका छन् । ‘उहाँले मलाई दुईपटक फोन गरेर तपाईंले राजीनामा गरेर सहयोग गरिदिनुपर्‍यो भन्नुभएको थियो’, मन्त्री चौधरीले भने, ‘मैले कुनै गल्ती गरेको छैन । किन राजीनामा गर्ने ? यदी कुनै गल्ती गरेको छु भने आफ्नो अधिकार प्रयोग गरेर बर्खास्त गर्नुहोस् भनेको छु ।’

मन्त्री चौधरीले बाहिर सार्वजनिक भए जस्तो आफूले कृषिमन्त्री हुँदा कुनै बदमासी नगरेको दाबी गरेका छन् । खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको विषयलाई लिएर मुख्यमन्त्री शाहले आफूलाई पदबाट हटाउन खोजेको चौधरीको भनाइ छ ।कुरा बाहिर आएजस्तो होइन । हामीले खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक खेम जोशीलाई नियुक्त गरेर पठायौं । त्यसमा उहाँले आफ्नो मान्छे परेन भनेर राजीनामा गर्नुहोस् भन्नुभएको हो’, मन्त्री चौधरीले भने, ‘कृषि मन्त्री हुँदा पावर टिलरको अनुुदान वितरणमा कुनै कमजोरी भएको छैन । त्यो मलाई बदनाम गर्न बनाइएको फण्डा मात्र हो ।’

खालि ठाँउ २

मन्त्री चौधरीले राजीनामा नदिने अडान लिएपछि मुख्यमन्त्री शाहले उनलाई पदबाट राजीनामा गर्लान् ? यो भने हेर्न बाँकी छ । तर, मुख्यमन्त्रीले बर्खास्त गर्नुभन्दा चौधरी स्वयं मार्ग प्रशस्त गरेमा राम्रो सन्देश जाने कुरा मन्त्री चौधरीलाई सुुझाएको स्रोत बताउँछ ।

नागरिक उन्मुक्ति पार्टी(नाउपा) का प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले पनि मन्त्रीबाट कुनै कमजोरी भए बर्खास्त गर्नसक्ने अधिकार स्वयं मुख्यमन्त्रीलाई भएको बताए । उनले कुनै कारणविना राजीनामा दिने कुरा नहुने बताउँदै चित्त नबुझेको भए मुख्यमन्त्रीलाई अधिकार प्रयोग गर्न भनेका छन् ।

मन्त्रीको राजीनामा किन माग्नुपर्‍यो । उहाँ(मुख्यमन्त्री) सँग कुनै कमजोरी भए मन्त्रीलाई बर्खास्त गर्न सक्ने अधिकार छदैछ नी । चित्त नबुुझेमा अधिकार प्रयोग गरे भइहाल्यो,’ चौधरीले भने, ‘बिना कारण मन्त्रीले राजीनामा गर्ने कुरा हुुँदैन नी ।’

नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले ४ जेठमा मन्त्रीमा नियुक्त गरेका थिए ।

नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दीगो वन व्यवस्थापन कार्यविधिमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page