Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सुर्नयामा ठेउला सङ्क्रमण पुष्टि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीः बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ।स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ। यो सङ्क्रमणबाट बालबालिका बढी प्रभावित भएकाले स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा विशेष सतर्कता अपनाइएको छ।सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले सङ्क्रमितहरूको शरीरभरी बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको जानकारी दिए। ‘‘प्रभावित बिरामीलाई छुट्टै आइसोलेसनमा राख्न आग्रह गरिएको छ,’’ उनले भने। यद्यपी, स्वास्थ्यकर्मीहरूले घरदैलोमै पुगि प्रारम्भिक उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।

यसअघि स्वास्थ्य कार्यालय बैतडीले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको टोली खटाइसकेको थियो। शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले प्रभावित बस्तीमा निरन्तर स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। ‘‘रोग थप फैलिन नदिन नियमित निगरानी, सचेतना र उपचारात्मक सेवा सँगसँगै सञ्चालन गरिरहेका छौँ,’’ उनले भने।

 

जय भगवति मेलौली सुनचाँदी

स्वास्थ्यकर्मीहरूले स्थानीय बासिन्दालाई स्वच्छता तथा सरसफाइमा ध्यान दिन, सामूहिक जमघट नगर्न र स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई जानकारी दिन आग्रह गरेका छन्।

स्थानीय प्रशासन तथा गाउँपालिकाको समन्वयमा सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री तथा औषधीको व्यवस्था गरिएको गाउँपालिका प्रशासनले जनाएको छ।

यसैबिच, उक्त क्षेत्रमा देखिएको रोग ठेउलाकै सङ्क्रमण हो कि भन्ने यकिन गर्न विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को टोली प्रभावित क्षेत्रमा पुग्न लागेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page