


बैतडी : नेकपा माओवादी केन्द्र बैतडीको पार्टी कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । जिल्ला सदरमुकाम गढी स्थित पार्टी कार्यालयमा साँझ साढे पाँच बजेतिर आगजनी भएको स्थानियले थाहा पाएका थिए ।

स्थानियले आगलागी भएको थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरेको थिए । खबर पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय र ससस्त्र प्रहरीको टोली आगलागी भएको ठाउँमा पुगेको थियो । दुबै टोलीले आगोलाई नियन्त्रणमा लिइसको छ ।
आगजनीबाट पार्टी कार्यालयको कोठामा रहेका कागजात, कुर्चि, टेवल जलेर नष्ट भएका छन् भने झ्याल र ढोकामा समेत क्षती पुगेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




