


बैतडी : पुर्चौडी नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ का लागि ६४ करोड १२ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको १७ औं नगरसभामा आगामी बर्षको लागि उपप्रमुख मिना धानुकको अनुमतिमा नगर प्रवक्ता धिरेन्द्र बमले पेश गरेका थिए । प्रवक्ता बमले संघिय राजस्व बाँडफाँड तर्फ ११ करोड ६४ लाख, प्रदेश राजस्व बाँडफाँड ३५ लाख १३ हजार, संघिय बित्तीय समानिकरण ११ करोड ६८ लाख, बित्तीय प्रदेश समानिकरण १ करोड ९० लाख, आन्तरिक स्रोत ३० लाखआम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै, संघिय शसर्त अनुदान (चालू) करोड ३२ करोड ७१लाख, पूँजीगत तर्फ १ करोड, प्रदेश सशर्त अनुदान पुजीगत ९० लाख, संघिय बिशेष अनुदान पुजीगत ६६ लाख, संघिय समपुरक अनुदान १ करोड २२ लाख, प्रदेश बिशेष अनुदान ७५ लाख, प्रदेश समपुरक अनुदान १ करोड ८२ लाख र सामाजिक सुरक्षा भत्ता १८ लाखको आम्दानी हुने अनुमान गरिएको छ ।




