


बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट सर्वसम्मत पारित भएको छ । मंगलबार सातौँ नगरसभा अधिवेशनमा नगरउप्रमुख कौशिला चन्दले प्रस्तुत गर्नु भएको ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपैयाँ बराबरको बजेट सर्वसम्मत पारित भएको हो ।

यस्तै नगरसभामा नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले पेश गरेको नीति तथा कार्यक्रम पनि सर्वसम्मत पारित भएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले जानकारी दिए ।
स्थानीय आवश्यकताका आधारमा बजेट ल्याइएको नगरपालिकाले जनाएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको सूचना अधिकारी बिष्टले बताए ।




