


काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निशा असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन्।

हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक गरेको छ । आरोपीहरूले असार १० मा बलात्कारपछि किशोरीको हत्या गरेको अनुसन्धानबाट थाहा भएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । असार ११ मा उनको शव भेटिएको हो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरिएको छ ।
आरोपीहरू विरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ।




