Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम प्रदेश स्थानीय सेवासम्बन्धी विधेयक प्रमाणीकरण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी:सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक आइतवार प्रमाणीकरण गरेका छन्। गत जेठ १९ गते प्रदेशसभाबाट पारित भएको सो विधेयकलाई प्रदेश प्रमुख मियाँले प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए। उनका अनुसार गत असार १२ गते विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालयमा पत्र प्राप्त भएको थियो। तीन दिनसम्मको अध्ययनपछि प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गरेका हुन्।

विधेयकले अब सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनको स्पष्ट आधार तयार गर्ने अपेक्षा गरिएको छ। सङ्घीयता कार्यान्वयनसँगै कर्मचारीको व्यवस्थापनसम्बन्धी कानुन खाँचो रहेको भन्दै स्थानीय सेवा गठनसम्बन्धी विधेयक प्रदेशसभामा लामो समयदेखि विचाराधीन थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page