Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा निरन्तर वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कञ्चनपुर:पछिल्लो ३ घण्टामा कञ्चनपुर जिल्लास्थित खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्रहरू तथा आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ४:३० बजे सूचना जारी गर्दै यो जानकारी दिएको हो ।महाशाखाले सो क्षेत्रहरू भई बहने सिहाली, दोदा(मछेली) लगायत स-साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page