गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिने भएका छन्।

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।

कांग्रेसका प्रमुख सचतेक विक्रमसिंह धामीले साउन १५ गतेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वास मत लिने बताए।

खालि ठाँउ २

उनले मुख्यमन्त्री शाहका पक्षमा विश्वास मत दिन पार्टीका सांसदहरूलाई ह्विप जारी गरिसकेको पनि बताएका छन्।

शाह नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री बनेका थिए। नाउपाले समर्थन फिर्ता लिएपछि शाहले दुई तिहाइ बहुमत गुमाएका छन्।

नाउपाले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

आफ्ना मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्रीले बर्खास्त गरेको भन्दै नाउपाले समर्थन फिर्ता लिएको थियो। चौधरीमाथि हाते ट्याक्टर वितरणमा चलखेल गरेको आरोप थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page