Vutlaxapu
Laxmibhuwan sun chadi

ओलीको दूरदर्शिता बुझ्न समय लाग्छ : लेखराज भट्ट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

महेन्द्रनगर । नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई छिटो बुझ्न कठिन हुने बताए।

उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने जिकिर गरे ।

 

जय भगवति मेलौली सुनचाँदी

“नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो,” भट्टले भने, “ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन। म पनि उहाँलाई पढ्दैछु ।”

 

उनले ओलीको सोच विशाल भएको उल्लेख गर्दै भने, “महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ। म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म। त्यसैले उहाँकाे दृष्टि र कदम बुझ्न समय लाग्छ।”

 

भट्टको यो भनाइ ओलीप्रति पूर्ण विश्वास व्यक्त गर्दै आएको हो, जुन एमालेभित्रको नेतृत्वमा निरन्तरता र विचारमा एकरूपताको सन्देश दिन खोजिएको बुझिन्छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी सुदृढीकरण अभियान चलाइरहेका भट्टले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न पनि आग्रह गरेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page