गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

डेंगीबाट काठमाडौंमा २४ वर्षीया महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ —डेंगीको संक्रमणबाट काठमाडौंमा २४ वर्षीया महिलाको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचाररत उनको बुधबार मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।डेंगीबाट एक जना महिलाको मृत्यु भएको पुष्टि भएको छ,’ महाशाखाका निर्देशक डा. चन्द्र भल झाले भने, ‘महिला अन्य कुनै दीर्घरोगबाट ग्रसित नरहेको पाइयो ।’यस वर्ष जनवरीदेखि अहिलेसम्म ७४ जिल्लामा २ हजार ९८४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो एक सातामा मात्रै १६८ नयाँ संक्रमित देखिएका छन् । चिकित्सकहरूका अनुसार करिब ९० प्रतिशत संक्रमितमा कुनै लक्षण नदेखिने भएकाले वास्तविक संख्या धेरै हुन सक्छ ।

खालि ठाँउ २

नेपालमा डेंंगी वर्षैभरि नै देखा पर्छ । २०२४ मा १५ जनाको मृत्यु भएको थियो भने ४१ हजार ८६५ जनामा संक्रमण देखिएको थियो । २०२३ मा ८८ जनाको मृत्यु र ५४ हजारभन्दा बढी संक्रमित भएका थिए ।

स्वास्थ्य मन्त्रालयले असार ३२ देखि एक महिनाको ‘डेंगी नियन्त्रण अभियान’ सुरु गरेको छ । मन्त्रालयले यो वर्ष ६० हजार जनासम्म संक्रमित हुन सक्ने अनुमान गरेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page