Vutlaxapu
Laxmibhuwan sun chadi

फेरि भयावह बन्न थाल्यो पशुमा लम्पी स्किन संक्रमण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

तपेन्द्र भट्ट: काठमाडौं-  करिब साढे दुई वर्षअघि महामारीको रूप लिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बनेको छ । साउन २६ सम्मको पशु सेवा विभागको विवरणअनुसार लम्पी रोग ३३ जिल्लामा फैलिइसकेको छ ।

३१ हजार ३ सय ६४ पशु रोगबाट प्रभावित भएकामा १ हजार ५० पशु मरेका छन् । झापाको मेचीनगरको केही गाउँमा देखिएको लम्पी अहिले तीव्र रूपमा फैलिएको छ । सुदूरपश्चिमबाहेक सबै प्रदेशमा रोग फैलिइसकेको छ,’ विभागका एक अधिकारीले भने, ‘तत्काल नियन्त्रणमा नआए फेरि विगतकै जस्तो भयावह हुने अवस्था देखिन्छ ।’

 

जय भगवति मेलौली सुनचाँदी

लम्पी रोग भैंसीमा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यो रोग गर्मीयाममा तीव्र रूपमा फैलिन्छ । लामखुट्टे, झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट यो रोग सर्ने विभागले जनाएको छ । संक्रमित पशु एक स्थानबाट अर्को स्थानबाट अन्यत्र लैजाँदा संक्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत तत्काल सर्छ । यही कारण पनि संक्रमण बढेको जानकार बताउँछन् ।

तीव्र रूपमा फैलिने लम्पी देखिनु भनेको गम्भीर हुनुपर्छ । तत्काल नियन्त्रणमा नआए यसले फेरि महामारीको रूप लिने सम्भावना हुन्छ,’ नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष मनोजकुमार शाहीले भने, ‘डेढ वर्षअघि तथ्यांकले एउटा पशुमा रोग संक्रमण भए ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखाएको छ । ३१ हजारभन्दा बढीमा संक्रमणले अर्बौं रुपैयाँको नोक्सान हुन्छ ।’

 

परिषद्ले गरेको अध्ययनअनुसार वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखिन्छ । सोही फर्मुलाअनुसार संक्रमित ३१ हजार ३ सय ६४ संक्रमित पशुबाट १ अर्ब ५४ करोड नोक्सान हुने परिषद्को अनुमान छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page