Vutlaxapu
Laxmibhuwan sun chadi

महालक्ष्मी विकास बैंक गोकुलेश्वर शाखाका ४ कर्मचारी थप ७ दिन हिरासतमै रहने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:महालक्ष्मी विकास बैंकको रकम हिनामिना प्रकरणमा पक्राउ परेका बैंकका चार जना कर्मचारीविरुद्ध फेरी ७ दिनको म्याद थप गरिएको छ । उच्च अदालत महेन्द्रनगर इजलासले बैंकिङ कसुर मुद्दामा पक्राउ परेका बैंकका चार जना कर्मचारीलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

 

दार्चुला स्थित गोकुलेश्वर शाखाका शाखा प्रवन्धसहित उनीहरूलाई २०८२ साउन २४ गते पक्राउ गरी बैंकिङ कसुर अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालत दार्चुलाबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको थियो । उनीहरुविरुद्ध यसअघि ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो । तर , अनुसन्धान नसकिएपछि म्याद थपका लागि उनीहरुलाई महेन्द्रनगर लगिएको थियो ।

 

जय भगवति मेलौली सुनचाँदी

उच्च अदालत महेन्द्रनगर इजलासले बैकका शाखा प्रवन्धक सागर शाही, नगद विभागकी कर्मचारी निर्मला साउँद, ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्त र कर्जा विभागका कर्मचारी धनन्जय पन्तलाई ७ दिनको म्याद थप गरिएको हो । अदालतले ७ दिनको म्याद थप गरेपछि उनीहरुलाई महेन्द्रनगरबाट दार्चुला ल्याइदैछ।

 

उनीहरुमाथि अब बैंकङ कसुरमा थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले बताए। उनीहरुमाथि बैंकको २ करोड ८५ लाख रुपैया हिनामिना गरेको आरोप छ । त्यसमध्ये अधिकांश रकम उनीहरुले नेपालमा प्रतिबन्धित वान एक्स बेटमा लगाएर हारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रावल जानकारी दिए । यसले बैंकिङ क्षेत्रमा भित्रैबाट हुन सक्ने आर्थिक अपराधप्रति थप सतर्कता आवश्यक रहेको देखाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page