Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम रोयल्सले भित्र्यायो भारतीय खेलाडी शेल्डन ज्याक्सन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँः नेपाल प्रिमियर लिग एनपीएलको लिग चरणका खेल सकिए पनि टिमले खेलाडी भित्र्याउनेक्रम रोकेका छैनन्।यसैक्रममा प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्सले भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सनलाई भित्र्याएको छ। सुदूरपश्चिमले ३९ वर्षीय ज्याक्सनलाई भित्र्याएको घोषणा गरेको हो।सुदूरपश्चिमबाट लिग चरणमा खेलेका दुई अस्ट्रेलियन खेलाडी क्रिस लीन र जोश ब्राउन बिदा भएपछि नयाँ खेलाडी ज्याक्सनलाई भित्र्याएको हो। क्रिस लिन इन्जुरीका कारण खेल्न नसक्ने भएका हुन् भने ब्राउन बिग बोस लिग खेल्न गएका हुन्।

 

ज्याक्सनले भारतको सौराष्टबाट रणजी ट्रफी लगायतका घरेलु क्रिकेट खेल्ने गर्दछन्। उनले फस्ट क्लास क्रिकेटमा ७ हजार भन्दा बढी रन बनाएका छन्, जसमा २१ शतक सामेल छन्। त्यस्तै उनले कोलकोता र बैंगलुरुबाट आइपिएलसमेत खेलेका छन्।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page