Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यको पुनर्बहाली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित हितेन्द्रदेव शाक्यले कार्यभार सम्हानुभएको छ ।

आज बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क, काठमाण्डौ पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो । सर्वोच्च अदालतको परमादेशपछि उहाँ प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली हुनुभएको हो ।

जय भगवति मेलौली सुनचाँदी

शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने गएको असोज ५ मा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालतले अस्ति सोमबार खारेज गरिदिएको थियो ।

कार्यभार सम्हाल्दै शाक्यले आफ्ना कार्यक्रमलाई पहिला भन्दा पनि अझ बढी जोश र लगनशिलतासहित अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको आफ्नो हक हितलाई सर्वोपरी ठानेर अघि बढ्ने बताउनुभयो । अबको साढे तीन वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी लाग्ने बताए।

उर्जामन्त्री र आफूले राम्रोसँग विद्युतको क्षेत्र बुझेकाले मिलेर काम गर्ने बताउनुभयो । शाक्यले विद्युत प्राधिकरणका आफ्नै आयोजनाहरु पनि हुनुपर्ने बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page