Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा आज पुस १५ मनाइदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:सुदूरपश्चिममा आज ‘पुस १५’ पर्व मनाइँदैछ। डोटेली संस्कृतिमा पुसे १५ को रुपमा चर्चित यो पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात (दन्त्य कथा) भन्ने र देउडा खेल्ने चलन रहेको छ। सोही अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर सुदूरपश्चिमबासीले पुस १५ मनाइरहेका हुन्। यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिन्छ।

जय भगवति मेलौली सुनचाँदी

आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने गरिएको संस्कृतिसम्बन्धी जानकार बताउँछन्। तर, विश्वभर भने डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने मानिन्छ।

आज टोल छिमेकमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ।

१५ गतेको बेलुकी प्रत्येकको घरघरमा ढुकढुके रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page