


बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि श्रीकेदार मावि पिपलकाेटले जितेको छ। दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानीमा रहेको लवलेक खेलमैदानमा सम्पन्न रनिङ शिल्डमा पिपलकाेटले ११ स्वर्ण,४ रजत र ८ कास्यसहित उपाधिमा कब्जा जमाएकाे हाे। याे संगै पिपलकाेटले रनिङ शिल्डमा ह्याटिक समेत गरेकाे छ।

यस्तै ७ स्वर्ण र १ कास्यसहित राैलेश्वर मावि कालागाउँ दाेस्राे र ६ स्वर्ण,६ रजत र ६ कास्यसहित भगवती मावि सित्तड तेस्रो भएको छ।



पहिलाे,दाेस्राे र तेस्राे हुनेले क्रमशः २५ हजार,१५ हजार र १० हजार पुरस्कार समेत पाए।
विभिन्न पदक विजेतालाई गाउँपालिका अध्यक्ष चक्र कार्की,उपाध्यक्ष पार्वती कार्की, शिक्षा शाखा प्रमुख चक्रदेव जाेशीलगायतले पुरस्कार वितरण गरेका थिए।
पुस २५ गतेदेखि सञ्चालन भएकाे प्रतियोगितामा पालिकाका ११ माविकाे सहभागीता रहेकाे थियाे।




