



बैतडी -बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका ६ थलाकी २० वर्षीय बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि नेपालगंज लगिएको हो । सोमबार बिहान साडे ११ बजे थलाकाडाबाट नेपालगञ्ज रेफर गरिएको थलाकाडा स्वास्थ्य चौकी इन्चार्ज चक्र बहादुर धामीले बताए ।
आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि नेपालगञ्ज लगिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । तुरन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई हेलिकप्टरमार्फत रेफर गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख, योगश प्रशाद भट्टले जानकारी दिए ।




