Vutla
Laxmibhuwan sun chadi

बैतडीमा क्रिकेट खेलाडी छनोटको मिति परिवर्तन ,भदौ १० गते राखीयो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी –नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।

यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेखि गर्ने निर्णय भएसँगै जिल्लास्तरीय छनोट पनि अघि गर्न लागिएको जनाइएको छ ।

जय भगवति मेलौली सुनचाँदी

जिल्लास्तरीय पुरुष र महिला क्रिकेट छनोट प्रतियोगिता भदौ १० गते देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए । यसअघि भदौ १४ गते देहिमाडौँ खेलमैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएकामा परिवर्तन गरिएको हो । अन्य छनोट प्रतियोगिता भने साबिककै मिति अनुसार हुने बैतडी जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीले बताए ।

पहिलो दिन महिला र पुरुष टेबलटेनिस, बुद्धिचाल, पुरुष भारत्तोलन , महिला र पुरुष  कराँते, महिला र पुरुष तेक्वान्दो छनोट सदरमुकाममा हुनेछ । दोस्रो दिन सदरमुकाममै पुरुष र महिला ब्याडमिन्टन, महिला र पुरुष्ष उस्सु फुल कन्टयाक्ट कराँतेको छनोट हुनेछ । यस्तै भदौ १२ गते मेलौली खेल मैदानमा महिला र पुरुष भलिबल छनोट हुने बैतडी जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

यस्तै भदौ १३ गते पाटन खेल मैदानमा महिला ÷पुरुष कबड्डी , महिला ÷पुरुष एथलेटिक्स, पुरुष फुटबल, पुरुष बक्सिङको छनोट हुनेछ । छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२५ खेलाडीले आवेदन भरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page