Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरलाई ३ विकेटले हराउदै बैतडीले प्रदेशस्तरीय  क्रिकेट छनौटको उपाधी जित्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
नावौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशस्तरीय खुल्ला पुरुष क्रिकेट छनौटको उपाधी बैतडीले उचालेको छ । कञ्चनपुरलाई ३ विकेटले हराएर बैतडीले उपाधी उचालेको हो ।
आइतबार धनगढीमा सम्पन्न प्रदेशस्तरीय छनौट खेलको फाइनलमा कञ्चनपुरले दिएको ६३ रनको लक्ष बैतडीले ७ विकेट गुमाएर  लक्ष पुरा गरेको हो ।
टस जितेर ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित १२ ओभरमा ८ विकेटको क्षतीमा ६२ रन बनायो । कञ्चनपुरका दिपेश चन्दले ३२ रन बनाए । बैतडीका गजेन्द्र बोहरको ४ विकेट लिए । मौसम प्रतिकुलका कारण १२ ओभरमा खेलाइएको हो ।
६३ रनको विजयी लक्ष लिएर मैदान उत्रेको बैतडीले ११.५ ओभरमा ७ विकेट गुमाएर लक्ष भेट्टायो । बैतडीका लागि कप्तान बसन्त खत्रीले २४, खडक बोहराले १४, दिपक बोहराले १० बनाए ।
बैतडी बाजुरालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने कञ्चनपुरले कैलालीलाई हराएर फाइनल प्रवेश गरेको हो ।
अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सुदूरपश्चिम प्रदेशको टिम छनौट गरिने छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको क्रिकेट प्रतियोगिता भने भदौ २२ गतेबाट काठमाडौंमा हुने छ । प्रदेशस्तरीय छनौट खेलमा सहभागी टिमबाटै सुदूरपश्चिम प्रदेशको टोली छनौट हुनेछ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page