Vutla
Laxmibhuwan sun chadi

सुर्नयामा जारी भलिबल प्रतियोगितामा बिबाद , ३ टोलीद्वारा खेल बहिस्कार

आयोजकको मनोमानी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सुर्नया गाउँपालिकामा जारी भलिबल प्रतियोगितामा बिवाद आएको छ । खेलाडीहरु बाहिरका राखेको भन्दै विवाद आएको हो । आयाजकले प्रतियोगतामा कुनै पनि खेलाडीले एक वडाबाट अर्काे वडाको टोलीबाट खेल्न नपाइने भनिएको थियो ।
वडा नं ८ को रोयल साफेबगर टोलीमा वडा नं ७ का खेलाडी रहेको पाइएपछि आयोजकले उक्त टोलीलाई कारवाही गरी टोलीलाई नै प्रतियोगितालाई रद्ध गरेको थियो ।
सोहि अनुसार श्री केदार बहुदेस्यीय खेलकुद विकास समितिको टोलीमा वडा नं ७ र ८ का खेलाडी रहेको पाइएको थियो । तर श्री केदार बहुदेस्यीय खेलकुद विकास समितिको टोलीलाई रद्ध नगरेर संरक्षण गरेपछि विवाद चुलिएको छ । केदार बहुदेस्यीय खेलकुद विकास समितिको टोली बिरुद्ध सुर्नया मुहान ढोले, रिगा र पत्थरकोटको टोलीले सयुक्त रुपमा आयोजकमा रिट हालेका थिए । तर उक्त टोलीमा खेलाडीलाई मात्रै बाहिर राखेको थियो भने टोलीलाई कारवाहीस्वरुप रद्ध गरेको थिएन । तर रोयल साफेबगर टोलीलाई जस्तै प्रतियोगिताबाट बाहिर गर्नुपर्ने भन्दै रिट हालेका तीन वटै टोलीले आयोजकको विवादीत निर्णय प्रति असहमती जनाउदै प्रतियोगिता बहिस्कार गरेका छन् । सुर्नया मुहान युवा क्लब ढोले, रिगा र पत्थरकोटले उक्त प्रतियोगिता बहिस्कार गरिदिएका हुन् ।
सिगास खेलकुद युवा क्लब र गणेश आधारभुत विद्यालय सुर्नया ८ सेलाको सयुक्त आयोजनामा भलिबल प्रतियोगिता सञ्चालन भइरहेको थियो । विवादास्पद निर्णय गरेको आयोजक प्रति असन्तुष्ट जनाउदै ३ टोलीले  खेल नै बहिस्कार गरेको सुर्नया मुहान युवा क्लबका अधयक्ष दिनेश बोहराले जानकारी दिए ।
सहभागितामा तीन वटै वडाबाट १० टोलीको सहभागिता रहेको थियो । आयोजकले खेल टोलीका लागि केहि नियम बनाएको थियो । अनिवार्य पोसाक, खेलाडी तथा खेल टोलीले सहभागिता जनाउदा सम्बन्धित वडाको टोलीमा सोहि वडाकै खेलाडी हुनुपर्ने नियम लगाएको थियो ।
यस बिषयमा आयोजकसँग बुझ्न खोज्दा ठोस जवाफ आएको छैन ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page