Vutlaxapu
Laxmibhuwan sun chadi

रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कार्तिक २६ रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शुक्रवार २० वर्षीय रोहितलाई कप्तान नियुक्त गरेको हो ।पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते नै उनलाई बर्खास्त गरेको थियो । क्यानले त्यसपछि कप्तान नियुक्त गरेको थिएन ।

जय भगवति मेलौली सुनचाँदी

रोहितले दुई महिनाअघि राष्ट्रिय क्रिकेट टोलीबाट केन्यासँगको तीन एकदिवसीय अभ्यास खेलमा कप्तानी गरेका थिए । त्यो भ्रमणमा नेपालले क्लिन स्वीप गरेको थियो । रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टिमको कप्तानी पनि सम्हालिसकेका छन् ।

यसअघि गएको कात्तिकमा उपकप्तान नियुक्त भएका रोहितले आउँदो सोमवारदेखि कीर्तिपुरको त्रिवि मैदानमा यूएईसँग हुने तीन खेलको एकदिवसीय खेलबाट कप्तानी सुरु गर्नेछन् । रोहित भरपर्दो ब्याटर हुन् । २५ एकदिवसीय र २१ टी-२० खेलेका उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page