Vutlaxapu
Laxmibhuwan sun chadi

ने.क.पा.एमाले बैतडीको उपाध्यक्षमा बम निर्वाचित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी; पुष २५ नेकपा(एमाले) बैतडी जिल्ला कमिटिको उपाध्यक्षमा रमिल बम चयन भएकाछन् । उपाध्यक्ष पदमा उमेदवारी दिएका अर्का उमेदवार भरतसिंह महराले आफ्नो उमेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

जिल्ला कमिटिको उपसचिव पदमा समेत सहमती भएको कुरा सामाजिक सञ्जालमा बाहिर आएको छ । तर उपसचिवको उमेदवारी अझै फिर्ता नभएको निर्वाचन अधिकृत प्रकाश बिकले बताउनुभयो ।

पार्टीको जिल्ला पदाधिकारीका लागि अध्यक्षका उमेदवार द्वय सुरेन्द्र पाल र गोरख बहादुर चन्दले प्यानल सहित उमेदवारी दर्ता गराउनुभएको थियो । पाल प्यानल बाट उपाध्यक्षका उमेदवार रमिल बम निर्वाचित भैसकेकाछन् भने, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उमेदवारी दिनुभएको छ ।

जय भगवति मेलौली सुनचाँदी

यसैगरी चन्द प्यानलबाट उपाध्यक्षका उमेदवार महराले उमेदवारी फिर्ता लिएपनि सचिवमा सन्तोश प्रकाश जोसी तथा उपसचिवमा भगिरथ सिंह कुवर र जनक बहादुर चन्दले उमेदवारी दिनुभएको छ ।

सहमतीमा निर्वाचन सम्पन्न गर्न २दिनसम्म छलफल गरिएपनि सहमती नहुदाँ अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो ।

आजै बिहान ११ बजेबाट मतदान हुने भनिएपनि सहमतीको प्रयास भैरहेकाले मतदान हुन सकेको छैन् ।

जिल्लाभरीबाट ५सय ३५जना प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page