


बैतडी: पौष २५
नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निर्वमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएकाछन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उमेदवारी परेकोमा चन्द उमेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो ।

उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेकाछन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएकाछन् भने, उपसचिवमा चन्द प्यानलबाट एकजना राख्ने सहमती भएको छ ।
जिल्ला स्थीत नेताहरु र उमेदवारहरुका बीचमा भएको गहन छलफल पछि सहमती जुटेको अनेरास्ववियु केन्द्रय उपमहासचिव गोबिन्द गिरीले बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल आवद्ध युवाहरुको पहलमा सहमति जुटेको पाटन नगरपालिका वडा न. १०का वडाअध्यक्ष देवेन्द्र कुवरले बताउनुभयो ।




