Vutla
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा २८ पुसमा सभामुखको निर्वाचन, २७ गते उम्मेदवारी दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

सुदूरपश्चिम प्रदेश,

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जय भगवति मेलौली सुनचाँदी

सचिवालयले बुधबार सूचना जारी गर्दै २८ पुसमा सभामुखको निर्वाचन हुने जानकारी दिएको छ ।

 

सचिवालयले २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदेशसभाको कुनै सदस्यले सभामुखमा मनोनयन दर्ता गराउन सक्ने बताएको छ । दिउँसो ३ बजेसम्म दर्ता भएको प्रस्तावअनुसारको नामावली प्रकाशन गर्ने, दिउँसो ४ बजेसम्म प्रस्तावमाथि दाबी विरोधको समय तोकिएको छ ।

४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय राखिएको छ भने २८ गते दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुनेछ । प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले २ माघमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

तर प्रदेशसभा सचिवालयले नियमावली देखाउँदै २८ गते सभामुखको निर्वाचन गर्ने जनाएको थियो । सोमबारको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्यले २८ गते सभामुखको निर्वाचनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई निर्देशन दिएका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page