



बैतडी:माघ २ बैतडीबाट निर्वाचति प्रतिनिधि सभा सदस्य एवँ नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिएका छन। स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउदै उनले आफ्नो सम्पर्कमा रहेका सबैलाइ सर्तकता अपनाउन उनले आग्रह गरेका छन्।




