Vutlaxapu
Laxmibhuwan sun chadi

मृत्यू सुन्दर हुँनेछ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

तिमी चिन्ता नगर एकदिन मृत्यु आउने छ

शान्त भावमा

तिम्रो प्रेमीका जस्तै अंकमाल गरेर आउनेछ

हृदयको पुरा ढोका खुल्ला गरेर

तिमीलाई पाउने चाहना राखी

तिम्रो समिप

तिमीलाई

आफ्नो हृदयमा राख्न

एकदिन अवस्य आउनेछ

तिमी हाँसेर आफ्ना सपनाहरुको महल बनाई राख्नु

श्रावणको हरियाली जस्तै

हराभरा जिवन बनाई राख्नु

आफ्ना हरुको लागि धनले सुन्दुक भरिराख्नु

प्रेमका महलहरु सजाई

अमरताको सञ्जीवनी रोपेर

तिमी मख्ख परेर बस्नु

मृत्यु आउनेछ

शान्त भावमा

तिम्रो समिप

एकदिन अवस्य आउनेछ

मृत्यू सँगको परीणय

तिम्रो लागि समान्य भएपनि

तिम्रा हरुको लागि यो असमान्य हुँने छ

तिमीले सधैंको लागि अंकमाल गरेको

तिम्रो मृत्यु

तिम्रा हरुको लागि अनुभुति नै नहुँने

कल्पनानै गर्न नसकिने

तिमीबाट माग्न पनि नसकिने

अचम्मको हुँने छ

यस्तो अचम्म हुँने छ

जुन मात्र खास सत्य हुँने छ

मृत्यु यति सुन्दर हुनेछ

जय भगवति मेलौली सुनचाँदी

जससँगको प्रेमले तिमीलाई नसा लगाउने छ

तिम्रा हरुको लागि देखावटी भएपनि तिमी हुँनेछौ

तिम्रो लागि केवल मृत्यु मात्र हुँने छ

मृत्यु सँगको प्रेमले तिमी यति धेरै त्यागि हुँने छौं

उसको प्रेममा

तिमीले महल छोड्ने छौ

तिमीले आफन्त छोड्ने छौ

दराज र सुन्दुक भित्रका सबै श्री सम्पत्ति छोड्नेछौ

यतिसम्म कि तिमी आफु सुन्य मात्र बाँकी रहनेछौ

तिमी आनन्दले निदाउनेछौ

वर्षौदेखि सँगै बाँचेका तिम्राहरु

रुनेछन कराउनेछन

तिमी भने उस्को प्रेममा आनन्दित हुँनेछौ

यति स्वार्थी रहेछन तिम्राहरु

वर्षौदेखिको तिम्रोलाई

तिम्रो प्रेम बदलिदैमा

दुई मिटर जति कफन र बाँसको डोलीमात्र दिनेछन

यति सुन्दर हुँनेछ उस्को प्रेम

केहि नहुँदाको सुन्यमा पनि तिमीलाई अंकमाल गरिरहनेछ

तिमी अलप हुँनेछौ

भष्म र खरानी हुँनेछौ

तिमीले जिउदा देखेको सब सुन्दरतामा

तिमी आफै भ्रमीत हुँनेछौ

उस्को सुन्दरता मात्र सत्य हुँने छ

जस्को प्रेममा तिमी आनन्दित हुँनेछौ

शुन्यबाट जन्मीएको तिमी सुन्यमै विलय हुँनेछौ

अनि मान्नेछौ

मृत्यु मात्र खास रहेछ

मृत्यु मात्र सुन्दर रहेछ

मृत्यु मात्र आनन्दित रहेछ

मृत्यु मात्र शुन्य रहेछ

मृत्यु मात्र सत्य रहेछ

लेखक : जगदीश प्रशाद जोशी
मेलौली नगरपालिका बैतडीका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page