Vutla
Laxmibhuwan sun chadi

लथालिङ्ग कांग्रेस : देउवा सत्तामै व्यस्त, महामन्त्रीद्वय रमिते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्व सत्ता राजनीतिमा अलमलिँदा पार्टी लथालिङ्ग बनेको छ । स्थानीय तह र आम निर्वाचन तथा सत्ता समीकरण मिलाउन नेतृत्व केन्द्रित हुँदा पार्टीको संगठन बेहाल बनेको हो । न विधानसम्मत पार्टीका संरचनाले पूर्णता पाएको छ न त केन्द्रीय कार्यसमिति बैठक नै बस्छ । एक वर्षसम्म सभापति शेरबहादुर देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का गठबन्धनको बैठकमै रुमलिए भने अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेका छैनन् । आठ जना सहमहामन्त्री जिम्मेवारीविहीन छन् ।सभापति देउवाले नचाहँदा भदौ ५ यता कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन । १४ औँ महाधिवेशनपछि कांग्रेस केन्द्रीय समिति बैठक कूल १४ दिन मात्र बसेको छ । देउवाको दोस्रो इनिङ्सको पहिलो बैठक गत वर्ष पुस १० गते बसेको थियो । त्यसपछि पुस १९ मा दोस्रो र माघ १४ मा तेस्रो बैठक बसेको थियो । चौँथो बैठक चैत ११ देखि १५ सम्म बसेको थियो भने पाँचौँ बैठक असार २७ देखि साउन २ सम्म चल्यो । यसअघि भदौ ५ मा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । नेता स्वर्गीय प्रदीप गिरीको शोक प्रस्ताव पारित गरी सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सात महिना यता बसेको छैन । तर पार्टी विधानको धारा २१ को १२ मा केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्ने उल्लेख छ । विधान अनुसार यसबीचमा कम्तीमा तीन पटक बैठक बस्नुपर्ने थियो ।

यस्तै कांग्रेसको कार्यसम्पादन समिति पनि अपुरो छ । पार्टी विधान अनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३७ सदस्यमा सीमित छ । २५ सदस्यीय संसदीय बोर्डमा पदाधिकारी मात्र छन् । बाँकी सदस्य मनोनीत गर्न सभापति शेरबहादुर देउवाले नसकेको अवस्था छ । कांग्रेसमा संसदीय कार्यसमिति ३१ सदस्यीय हुने व्यवस्था छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page