



बैतडि:माघ ९ गते बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका २ का तारा लुहार र माया लुहारको बालुवा खानीमा च्यापीएर मृत्यु भएको हो । गत शुक्रबार सिचाई योजनाको लागि बालुवा निकाल्दैगर्दा खानीमा च्यापिएर दुबैको मृत्यु भएको वडा अध्यक्ष धर्म सिह रानाले जानकारी दिनुभयो । “घटनास्थलमा आफु गएको छैन, वडाअध्यक्ष रानाले भन्नुभयो, आफुले जानकारी पाएअनुसार लक्ष्मण लुहार र करे लुहारकी श्रीमतीको बालुवा निकाल्ने क्रममा माथिबाट पहिरो आएर मृत्यु भएको बुझिएको छ।”
उक्त घटनाबारे प्रहरीले पनि कुनै जानकारी प्राप्त नभएको जनाएको छ । घटनाबारे कुनै जानकारी नआएको र बुझ्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।




