Vutla
Laxmibhuwan sun chadi

मिडिया बिरुद्ध मालपोत हाकिमले दिए उजुरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – जिल्ला मालपोत कार्यालय बैतडीका प्रमुख कमलापती भट्टले चौलानि खबर अनलाइनले झुटो समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सीलमा उजुरी दिनुभएको छ। भट्टले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएका छन। भट्टले आफु सिगाश गाउँपालिकामा सचिव भएको बेला आफ्नो मितजि बाट छोराछोरी पढाउछु भनि भैसि नलगेको र ग्रहण लाग्दा मित लगाएको बताए।

उता सम्बन्धित बिषयमा कमलापति भट्टको नातामा मित पर्ने रायो धामिसंग बुझ्दा मित लाउदा दाइजो दिने चलन रहेकोले भैसि दाइजो दिएको र दाइजो फर्काएको बताउदै आफ्नो पनि चरित्र हत्या गर्न समाचार प्रकाशन गरेपछि कानुनि उपचार खोज्ने बताए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै एउटै मान्छेलाइ दुइवटा नागरिकता दिएको बिषयमा यो सत्य नभएको र यदि त्यस्तो फेला परेमा नेपालको प्रचलित कानुनबमोजिम कारबाही भोग्न आफु तयार रहेको समेत भट्टले बताए। एउटै व्यक्तिको दुइवटा नागरिकता सिफारिस गरि तराइमा एक कट्ठा जमिन लिएको कुरा कपोलकल्पित भएको बताए।कैलालि स्थित मालाखेतीमा रहेको ७ कट्ठा ११ धुर जग्गा बाजुराको मान्छेबाट किनेको र उक्त जमिनको सट्टामा डडेल्धुरामा घर लिएकोले छानबिन गर्न समेत आग्रह गरेका छन।

आफु २०५३ सालदेखि नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेको र २०६० सालमा लोकसेवा पास गरेको भन्ने कुरामा पनि सत्यता नभएको बताए। पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा उत्कृष्ट काम गरेकोले सम्मानजनक किसिमले आफु सरुवा भएको समेत बताए। साथै पुर्वाग्रहपुर्ण, चरित्रहत्या गर्ने उदेश्यले प्रकाशित भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न नसक्ने जनाउनु भएको छ।

उनले लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्ने जनाउदै भ्रामक समाचार र चरित्रहत्या गर्ने उदेश्यले समाचार प्रकाशन गरेकोले कानुन बमोजिम कारबाही गर्न प्रेस काउन्सिलमा उजुरी दिएको जनाउनु भएको छ । बैतडी: मालपोत हाकिमले भैसिं उठाए शिर्षकको समाचार जनआस्थाबाट साभार भन्दै चौलानि खबरले प्रकाशन गरेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page