गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

ट्विटरको लोगोमा डोजकोइनको ‘कुकुर’

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैशाख १० अर्बपति प्रविधि व्यवसायी इलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसअघि लोगोको रुपमा रहेको ‘निलो चरा’ (ब्लु बर्ड) लाई परिवर्तन गरी उनले अहिले डोजकोइन क्रिप्टोकरेन्सीमा प्रयोग हुने आइकन डोज (कुकर)लाई ट्विटरको लोगो बनाएका हुन् ।लोगो परिवर्तन भएपछि सोमबार विभिन्न ट्विटर युजरहरूले यसबारे आ-आफ्ना धारणा राखेका थिए । लोगो परिवर्तन भएको केही समयपछि ट्विटरका सीईओसमेत रहेका मस्कले ट्विटरमा रहेको निलो चरो अब पुरानो भइसकेको भन्ने सन्देश दिनेखालको मिम पोस्ट गरेका थिए ।

खालि ठाँउ २

अझै पनि केही मोबाइल डिभाइसमा भने ट्विटरको लोगोमा निलो चरो नै देखिइरहेको छ । ट्विटरको लोगोको रुपमा डोजकोइनको आइकन आएसँगै डोजकोइनको सेयर भ्यालु २० प्रतिशतले बढेको छ । अहिले डोजकोइनको भ्यालु ०.०७९ डलरबाट ०.०९४ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियनले उल्लेख गरेको छ ।

मिमको रुपमा पनि प्रयोग हुँदै उक्त आइकन अब ट्विटरको लोगो बनेको छ । परिवर्तन भएको ट्विटरको लोगो ‘डोज’ सन् २०१३ मा बिटकोइनलगायत क्रिप्टोकरेन्सीलाई जिस्काउनका लागि निर्माण गरिएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page