Chandramani sun chadi
Laxmibhuwan sun chadi

पिता बनेपछि ‘खुम्चिन्छ’ पुरुषको दिमाग : शोध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan
सम्पुर्णता सुनचाँदी गहना पसल

बच्चा जन्मिएपछि धेरै पटक आमाको व्यवहार, शारीरिक परिवर्तन र समस्याबारे कुरा गरिन्छ । पिता बन्ने पुरुषबारे कसैले पनि कुरा गर्दैनन् । पहिलो पटक पिता बनेपछि पुरुषको मन–मस्तिष्कमा कस्तो खालको असर हुन्छ भन्नेबारे कसैले सोचेको छ त ? कसैले यसबारे कुरा गरेको सुनिँदैन, यस्ता कुरामा कसैले ध्यानसमेत दिँदैनन् ।
तर यसबारे हालै एक अन्तरराष्ट्रिय अनुसन्धान गरिएको छ । जसमा पिता बन्ने पुरुषको दिमागको स्थिति कसरी परिवर्तन हुन्छ भन्नेबारे जानकारी दिइएको छ । नयाँ पिताको शरीरभित्र पनि न्युरोलोजिकल परिवर्तन हुन्छन् । यद्यपि, अनुसन्धान व्यापक रुपमा गरिएको त छैन तर दिमागभित्रका पत्र आमा बन्ने महिलाको मात्रै परिवर्तन हुँदैन भनेर चाहिँ स्पष्ट रुपमा यसमा भनिएको छ । पहिलो पटक पिता बन्ने पुरुषको न्युरल सबस्ट्रेट्स अर्थात् सहज भाषामा भन्ने हो भने दिमागको पत्रमा परिवर्तन आउँछ ।
नयाँ जिम्मेवारी र भूमिकासँगै पुरुषहरुको दिमागमा असर पर्छ । शोधमा पत्ता लागे अनुसार पहिलो पटक पिता बन्ने पुरुषको दिमागमा भएका कोर्टिकल भोल्युममा एक वा दुई प्रतिशतको कमी आउँछ । यो एक प्रकारको संकुचन हो जुन दिमागको डिफल्ट मोड नेटवर्कसँग जोडिएको हुन्छ । पुरुषले ‘म पिता बनिसकेको छु’ भनेर स्वीकार गर्ने बित्तिकै उनको दिमाग खुम्चिन थाल्छ । यो शोध हालै सेरेब्रल कर्टेक्समा प्रकाशित भएको छ ।
ओहो, दिमाग नै खुम्चिने ? यो त बर्बाद पार्ने खालको रहेछ’ भन्ने धेरैलाई लाग्ला तर साँच्चै भन्नुपर्दा यो कुनै खराब कुरा होइन । वास्तवमा यसले दिमागको शुद्धतालाई बढाउँछ । दिमागलाई बढी रिफाइन गर्छ । यसो हुँदा बच्चासँग पिताको मानसिक सम्बन्ध उत्कृष्ट हुन्छ । बच्चासँग उनको सम्बन्धमा प्रेम अंकुरित हुन्छ । आमा बन्ने महिलामा यो प्रक्रिया अलि बढी हुन्छ त्यसैले उनीहरुको बच्चासँग लगाव, प्रेम र सम्बन्ध बढी घना र गहिरो हुन्छ, बढी बलियो सम्बन्ध हुन्छ ।

यसअघि गरिएका अनुसन्धानमा बच्चाको जन्मपछि पुरुषको दिमागमा थोरै परिवर्तन आउँछ भनेर भनिएको थियो । नयाँ अनुसन्धानमा भने कति र कस्तो परिवर्तन आउँछ त भन्ने कुरामा ध्यान दिइएको छ । यो अनुसन्धान म्याग्नेटिक रेसोनेन्स इमेजिङ डेटामा आधारित छ जसमा पहिलो पटक पिता बनेका ४० व्यक्तिको दिमागलाई बच्चा जन्मिनु अघि र पछि विश्लेषण गरिएको छ । अनुसन्धानमा २० जना स्पेनका नागरिक संलग्न थिए भने २० अमेरिकी नागरिकको उपस्थिति थियो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page